arrow

मुद्दा र विचार मिल्ने दलहरूसँग सहकार्य गर्छौँ - बाबुराम भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
baburam-11-28.jpg

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले शुरु गरेको विकल्पको राजनीतिले कुनै पार्टी वा विचारलाई निषेध गर्ने उद्देश्य नरहेको बताएका छन् ।। उनले आफ्नो पार्टीको वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरूलाई रूपान्तरण गरेर अघि बढ्ने बताए । 

उनले युगको आवश्यकता अनुसार विचारसहितको वैकल्पिक राजनीति शुरु गरेको दाबी गरे । वर्तमान दलहरूले मुलुकलाई अगाडि बढाउन नसक्ने भन्दै उनले नयाँ विचार र नयाँ युगलाई मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गरे । उनले नयाँ शक्ति पार्टी कुनै दलको विचार वा आस्थाको विरुद्धमा नभई नयाँ युगको माग भएको दाबी गरे । 

उनले भने, ‘उदारवादी लोकतन्त्रले स्वतन्त्रता त दियो तर पुँजीवादी अर्थतन्त्रले बजार अर्थतन्त्रले केही मान्छे धनी त बनायो तर असमानता ल्यायो भनेर पुष्पालालहरूले अर्को धार ल्याए । हामी त्यसको सम्मान गर्छौँ तर अहिले त्यतिले पुगेन अब नयाँ युगको नयाँ आवश्यकता अनुसार नयाँ विचार ः नयाँ नीति र कार्यक्रमसहितको नयाँ वैकल्पिक शक्ति चाहियो भनेर हामीले शुरु गरेको हो कसैलाई गाली वा निषेध गर्ने ढङ्गले हामी आएको होइन । युगको आवश्यकताले हामीले ल्याएको हो, हामी अगाडि जानु पर्छ र सम्भव भएसम्म उनहरू (सबै दलहरू) लाई पनि रूपान्तरण गरेर लिएर जाने हाम्रो प्रयत्न हुन्छ, मुद्दा मिल्ने विषयमा हामी सहकार्य गर्छौँ । तर उनहरू (अरू दलहरू) बाट मात्र पर्याप्त छैन भन्ने हाम्रो बुझाइ हो । हामीले कसैको पनि विरुद्धमा नयाँ शक्ति ल्याएको होइन । तपाईँको युग र समय सकियो अब नयाँ विचार र नयाँ युगलाई ठाउँ छोड्नुस् भन्ने हाम्रो आग्रह हो ।’

अध्यक्ष भट्टराईले पुँजीवाद र उद्योग धन्दाको विकास नभएसम्म देशमा उन्नत लोकतान्त्रिक प्रणाली नआउने भन्दै उद्यमशीलतालाई जोड दिनुपर्ने बताए । अर्थतन्त्रको नीति अनुसार सामन्तवाद भन्दा पुँजीवाद प्रगतिशील भएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ