arrow

पीएम कपमा कर्णालीमाथि एपीएफको सहज जित, अङ्क तालिकामा को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
pmcup-apf-.jpg

काठमाडौँ । पीएम कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेमा सशस्त्र प्रहरीको एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा ५ विकेट गुमाउदै पूरा गरेको थियो । एपीएफका लागि दिपक बोहोराले अविजित ७० रन बनाएका थिए भने सुमित महर्जनले ३४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अल आउट हुँदै १८९ रन बनाएको थियो । कर्णालीका लागि सुनिल धमलाले सर्बाधिक ४७ रन बनाएका थिए भने दिनेश अधिकारीले ३३ र दिपेन्द्र रावतले ३० रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ४ विकेट लिएका थिए ।

यो जितपछि एपीएफले तेस्रो जित हासिल गरेको छ । एपीएफको ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै कर्णालीको ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।

अङ्क तालिका
१० टिम सहभागी प्रतियोगितामा समान ४ खेलबाट ८ अंकसहित नेपाल पुलिस क्लब शीर्ष तथा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश ४ खेलबाट ६ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । 

मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको समान २–२ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ