arrow

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने, समयमा अलमल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
rsp-office-rastriya-swatant.jpg
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो । 

बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा बिगतमा भएका निर्णय र्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो । 

यसैगरी वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले जानकारी गराउनुभएको कार्यवाहक प्रवक्ता झाले बताए । 

संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ