arrow

वनपाखा ढकमक्क लालीगुराँसले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
laliguras-rhododendron-81-1.jpg

गोरखा । लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन्। काठमाडौं उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ । 

 गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाउने समेत गरेको छ, जसका कारण सो क्षेत्रमा पर्यटकहरुको आर्कषण बढ्न थाएको छ ।

राता रङका लागिगुराँस र गुलाबी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ।

वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ। यद्यपि चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ। 

लालीगुराँसको रूख १० सेन्टीमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ। संसारभरि १ हजारभन्दा बढी प्रजातिमा पाइने यो फूललाई अंग्रेजीमा रोडोडेन्ड्रन भनिन्छ। 
 

laliguras-rhododendron-81-12-9 (1).jpg
laliguras-rhododendron-81-12-9 (2).jpg
laliguras-rhododendron-81-12-9 (3).jpg
laliguras-rhododendron-81-12-9 (4).jpg
laliguras-rhododendron-81-12-9 (5).jpg
laliguras-rhododendron-81-12-9 (6).jpg
laliguras-rhododendron-81-12-9 (7).jpg
laliguras-rhododendron-81-12-9 (8).jpg
laliguras-rhododendron-81-12-9 (9).jpg
laliguras-rhododendron-81-12-9 (10).jpg
laliguras-rhododendron-81-12-9 (11).jpg
laliguras-rhododendron-81-12-9 (12).jpg
laliguras-rhododendron-81-12-9 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ