arrow

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
olangchungola-81-11-27.jpg

ताप्लेजुङ । नेपाल-चीन व्यापार प्रवर्द्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुङ्गोलाका स्थानीयले माग गरेका छन् । फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गरेका हुन् ।

ओलाङचुङ्गोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्दै मुलुकको आर्थिक गतिविधि प्रवर्द्धन गर्न सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीजस्ता संरचनाको विकास आवश्यक रहेको उल्लेख गरिएको छ । ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर-दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ । 

नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८-७९ मा सो नाकाको पूर्वसम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । फक्ताङलुङ गाउँपालिका-७ कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि अनुरोध गरेको छ ।

समितिले सकारको आगामी वर्षको नीति तथा कार्यक्रममा ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण परियोजना समावेशका साथै त्यसनिम्ति बजेट विनियोजन गर्न आग्रह पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ