arrow

राजावादीहरुले गरेको क्षतिको हर्जाना निर्मल निवासलाई तिराउँदै मेयर बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
todfod-rajabadi-81-12-16.jpg

काठमाडौँ । शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा राजावादीहरुले काठमाडौँ महानगरपालिकाको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै मेयर वालेन्द्र साह ‘बालेन’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबाना तिराउने भएका छन् ।

बालेनको सचिवालय स्रोतका अनुसार जरिबाना तिराउनका लागि निर्मल निवासलाई पत्र लेख्ने काम भइरहेको छ । यद्यपि अहिलेसम्म बालेनले सामाजिक सञ्जालबाट कुनै जानकारी दिएका छैनन् । 

यसअघि जुनसुकै दलले आफ्नो कार्यक्रमका क्रममा क्षति पुर्याउनेमाथि जरिबाना तिराउँदै आएकामा यसपालि घटनाको २४ घण्टा बितिसक्दासमेत कुनै प्रतिक्रिया नआएपछि उनीमाथि शंका गरिएको थियो । 

विवादित एवं फौजदारी अपराधको मुद्दा खेपिरहेका दुर्गा प्रसाईंको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा बालेनको टोली पुगेको हो । 

पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गरेर नै हिंसात्मक आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंलाई दिइएको ठहरसहित बालेनको टोली पूर्वराजालाई दोषी देखाउन कुनै प्रमाण नचाहिने निचोडमा पुगेको हो । 

तीनकुने क्षेत्रमा महानगरपालिकाको अधिकार क्षेत्रमा पर्ने सम्पत्ति क्षतिको मूल्यांकन गरी पत्र पठाउन लागिएको हो । महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो । 

यसपालि नागरिकको घर, संचारमाध्यम, जडिबुटी उत्पादन तथा प्रशाधन केन्द्र, सवारी साधनहरुमाथि आगलागी लगायतका घटना गराइएको थियो भने दुई जनाको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ