arrow

एआई र साइबर सुरक्षा प्रवर्द्धनमा ईयूको लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
european-union-eu.jpg

काठमाडौँ ।  युरोपेली आयोगले कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड र डाटा र साइबर सुरक्षालगायत डिजिटल प्रविधिहरूमा सन् २०२७ सम्ममा १.३ अर्ब युरो (लगभग १ अर्ब ४१ करोड अमेरिकी डलर) लगानी गर्ने शुक्रबार घोषणा गरेको छ ।

यो कोष युरोपेली सङ्घ (ईयू) को डिजिटल युरोप कार्यक्रम (डिजिटल) अन्तर्गत आउँछ, जसको उद्देश्य रणनीतिक प्रविधिहरूलाई बढावा दिनु र महादेशको प्राविधिक सार्वभौमिकता बढाउनु हो ।

कार्यक्रमका प्रमुख प्राथमिकतामा जनरेटिभ एआई अनुप्रयोगको उपलब्धता र पहुँचमा सुधार, ब्लकको साइबर लचिलोपन बढाउने, जलवायु अनुकूलन र प्रकोप जोखिम व्यवस्थापनलाई समर्थन गर्न पृथ्वीको शक्तिशाली डिजिटल मोडेल निर्माण गर्ने समावेश छ ।

कार्यक्रमले डिजिटल शिक्षा र प्रशिक्षणलाई पनि समर्थन गर्नेछ । साथै, संस्थाहरूलाई उन्नत डिजिटल सीपहरू विकास गर्न मद्दत गर्नेछ ।

सन् २०२१ देखि सन् २०२७ को लागि आठ अर्ब १० करोड युरो डिजिटल ईयु कोष कार्यक्रम हो, जुन केवल व्यवसाय र नागरिकहरुको लागी डिजिटल रूपान्तरणमा केन्द्रित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ