arrow

नागरिक लगानी कोषले पूर्वाञ्चल विश्वविद्यालय र सानिगाड हाइड्रोसँग गर्‍यो छुट्टाछ्ट्टै सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
cit-pu-agreement.jpg

काठमाडौँ । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका हुन् । 

सो अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुशी व्यक्त गरे । 

कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच सानिगाड हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । 

सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की  र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।   


योसँगै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको उनानचास करोड रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता गरेको छ । 

उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ