काठमाडौँ । सुनको मूल्य आज एकैदिन तोलाको ३९ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहीबार अहिलेसम्मकै सबैभन्दा महँगो तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै शुक्रबार चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो ।