भ्रष्टाचार र लुटतन्त्रविरुद्ध आजपा सडकमा [फोटोफिचर]
निकाल्यो काठमाडौँमा र्याली, माग्यो बालेनको राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
764
Shares
काठमाडौँ । जनआन्दोलन दिवसको अवसरमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले काठमाडौँमा र्याली निकालेको छ ।
र्यालीका क्रममा उपस्थित सहभागीहरुले करको दायरा घटाउन पर्ने, व्यवस्था परिवर्तन हुनु पर्ने, समान प्रतिनिधित्व हुन पर्ने माग गरे । उनीहरुले लुटतन्त्र र भ्रष्टाचारविरुद्धसमेत चर्को नारा लगाए ।
त्यस्तै उनीहरुले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को राजीनामासमेत मागेका छन् । उनीहरूले बालेनले कवाडीमाथि गरेको दमनको पनि विरोध गरेका छन् ।
भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकाली–सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।