arrow

छिटो भन्दा छिटो राष्ट्र बैङ्कले गभर्नर पाउने

गभर्नर नियुक्ति कांग्रेस-एमालेको भागबण्डा नमिल्दा भएन भन्ने कुरा सत्य होइन - मन्त्री गुरुङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
subba-12-26.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैङ्कले चाँडै नयाँ गभर्नर पाउने बताएका छन् । मंगलबार मन्त्रीपरिषद्का बैठक सुनाउने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले छिटो भन्दा छिटो राष्ट्र बैङ्कले गभर्नर पाउने बताए । 

उनले गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको बताए । उनले गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्ने कुरा सत्य नभएको बताए । उनले डेपुटी गभर्नर निलम ढुङ्गानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने जिकिर गरे । उनले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै नरहेको र सरकारले ग्रे लिस्टबाट माथि उठ्नका लागि काम गरिरहेको बताए । 

उनले भने, ‘गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी अर्थमन्त्रीजीको संयोजकत्वमा गठन गरेको हो । डा. विजय भट्टराई र डा. विश्व पौडेल हुनुहुन्छ । उहाँहरुले काम पनि गर्दै हुनुहुन्छ । गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्ने कुरा सत्य होइन । डेपुटी गभर्नर निलम ढुङ्गानाजीलाई कार्यवाहक तोकिदिएका छौँ । त्यसले काम त गरिहाल्छ । चाँडै भन्दा चाँडै पक्का गभर्नर पाउँछौँ । नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै छैन । सरकारको सुशासनको कुरा पनि त्यत्तिकै महत्त्व होला, राष्ट्र बैङ्कको मोनिटरी, फाइनान्सियल पोलिसीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसले गर्दा हाम्रो व्यापार सुविधा सबै बढ्ने । मनि लाउण्डरिङ पनि कमजोर हुँदै जाने परिस्थिति बन्छ । अहिले बेथिति देखिएको छ । त्यसको अन्त्य त हामी गर्छौँ । गभर्नरले मात्रै हुने भन्ने त होइन, तर गभर्नरको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ