काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । लगातार दुई दिन घटेको सुनको भाउ बुधबार तोलाको दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार चार सय पुगेको छ । यसअघि मंगलबार एक लाख ७३ हजार ४०० रुपैयाँ र सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार र मंगलबार प्रतितोला एक हजार ८३० रुपैयाँमा स्थित रहेको चाँदी बुधबार भने पाँच रुपैयाँले बढेको हो ।