arrow

दुर्गा प्रसाईँ पक्राउपछि काँकडभिट्टा नाकामा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
durgaprasai-car.jpg

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईँलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउँदैछ । 

राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई भारतमा पक्राउ गरी आज काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ। प्रसाईंलाई नेपाल ल्याइँदै गरेको खबरपछि आज बिहानैदेखि मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरूको ठूलो भीड लागेको थियो।

नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ। विगत एक सातादेखि प्रसाईँको खोजीमा भारतको आसामस्थित गुवाटीमा रहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो। उनलाई बिहीबार साँझ आसामबाट नेपालतर्फ हिँडाइएको थियो।

प्रसाईँलाई आज काठमाडौं ल्याइ सार्वजनिक गरिने बताइएको छ । प्रहरीले उनलाई पक्राउ गरी झापाको चन्द्रगढी विमानस्थलमा पुर्‍याएको छ । 

गत चैत्र १५ गतेको राजावादीहरूको आन्दोलनको क्रममा प्रसाईँले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए । आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईँ फरार रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ