arrow

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
indra-pd-tiwari.jpg

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखराका प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।

यसअघि कुलपतिका लागि तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन जनामध्येबाट तिवारीलाई कुलपतिमा नियुक्त गर्दै नियुक्तिपत्र समेत प्रदान गरेका छन् । 

कुलपतिका लागि सात जनाले आवेदन दिएकामा पाँच जनाको मात्र स्वीकृत भएको थियो । 

तिवारी कास्कीकै लेखनाथवासी हुन् । तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डीन भएर काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ