arrow

वैरोव्य सङ्घमा गुरूङको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
baideshik-rajgar-81-12-30.jpg

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन् । 

सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्का उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन् । अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गरे भने गेलालले ३६७ मत प्राप्त गरे । 

अध्यक्षमा निर्वाचित गुरूङ सङ्घको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । 
      
यस्तै प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा महेशकुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ४२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे । 

यसैगरी सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन् । सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष दीपक थापाले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ