arrow

अहिलेसम्मकै महँगो भयो सुन, तोलाको एक लाख ९१ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ