arrow

 युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण गरेको युक्रेनको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
russia-ukraine-attack-25-4-5.jpg
तस्बिर – फाइल ।

किभ । मस्को र किभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः शुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।  

“रुसी सेनाले यस क्षेत्रमा ड्रोन प्रक्षेपण गरेको छ”, ड्निप्रोपेट्रोभस्कका क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा भने ।

उनले एक घर क्षतिग्रस्त भएको र खाद्य प्रतिष्ठानमा आगलागी भएको तर कोही घाइते भएको खबर नभएको जानकारी दिए ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमले त्यहाँ पनि रुसी हवाई आक्रमण पुनः शुरु भएको बताए । 

“अप्रिल २१ को बिहान स्थानीय समयानुसार लगभग ४ः५७ बजे दुश्मनले मिसाइलले सहरमा आक्रमण गर्‍यो, प्रकार निर्धारण भइरहेको छ । कुनै हताहत वा क्षति भएको छैन”, उनले लेखेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसमाथि इस्टर युद्धविरामको दुई हजारभन्दा बढी उल्लङ्घन गरेको आरोप लगाए । यद्यपि उनले युक्रेनभरि कुनै हवाई हमलाको चेतावनी नभएको र हवाई आक्रमणमा विरामलाई विस्तार गर्ने प्रस्ताव गरेको बताए । 

‘कम्तीमा ३० दिनको अवधिका लागि नागरिक पूर्वाधारमा लामो दूरीको ड्रोन र मिसाइल प्रयोग गरेर कुनै पनि आक्रमण रोक्न’ प्रस्ताव गर्दै उनले भने, “आज कुनै हवाई आक्रमण चेतावनी दिइएको छैन ।” एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ