arrow

तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
minoj-thapa-3kune-attack.jpg

काठमाडौँ ।  गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँले  उक्त आपराधिक कार्यमा संलग्न काभ्रेपलाञ्चोक, धुलिखेल ३ घर भएका वर्ष ४० का मनोज भन्ने मिनोज थापालाई नियन्त्रणमा लिएको जनाएको छ । 

थापालाई काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । आगजनी गरिएको थियो । 

निजी सम्पत्ति तोडफोड भएको थियो भने सवारी साधनसमेत तोडफोड गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ