काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त आपराधिक कार्यमा संलग्न काभ्रेपलाञ्चोक, धुलिखेल ३ घर भएका वर्ष ४० का मनोज भन्ने मिनोज थापालाई नियन्त्रणमा लिएको जनाएको छ ।
थापालाई काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । आगजनी गरिएको थियो ।
निजी सम्पत्ति तोडफोड भएको थियो भने सवारी साधनसमेत तोडफोड गरिएको थियो ।