arrow

प्रतिनिधि सभा

संसद्‌मा तिलगङ्गा विश्वविद्यालय र भन्सार विधेयकमाथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। साथै, उनले भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा राख्नेछन्।

आजको प्रतिनिधि सभा बैठकमा यी महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गर्ने प्रक्रिया अगाडि बढ्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ