एनएमबि बैङ्कको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
496
Shares
काठमाडौँ। एनएमबि बैङ्कले मिति २०८२ वैशाख २० गते शनिवारको दिन एनएमबि बैङ्कको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगी समापन हुने बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैङ्कले जनाएको छ।
एनएमबि बैङ्क लिमिटेडले नेपाल हेरिटेज सोसाइटिको सहकार्यमा बैङ्कका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू तथा सर्वसाधारणहरू गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थित थिए। उक्त कार्यक्रममा एनएमबि बैङ्कद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई रु ५००,००० को सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरू समेत हस्तान्तरण गरिएको छ।
सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरिएको छ । बैङ्कले कोसी प्रदेशमा पूर्व बस स्ट्यान्ड देखि पाउ पाथीभरा मन्दिर झापा सम्म, मदेस प्रदेशमा वीरगन्ज शाखा देखि शङ्कराचार्य गेट सम्म, चितवनमा लायन्स चोक देखि हरिहर मन्दिर सम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखा देखि राम मन्दिर बिरौटा सम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखा देखि मोक्ष धाम सेवा आश्रम सम्म, कर्णाली प्रदे्रशमा वीरेन्द्रनगर शाखा देखि काक्रेबिहार मन्दिर सम्म र सुदूर पश्चिम प्रदेशमा ग्रिन गोदावरी रिसोर्ट देखि गोदावरी शिव मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
एनएमबि बैङ्कले हाल देश भरी २०२ शाखाहरू, १८६ एटिएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।