arrow

चन्द्रागिरिमा कन्सर्ट हुने

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
CH-Maghe-Sankrati-Mnemonic.jpeg
काठमाडौं।  माघेसक्रान्तिको अवसरमा चन्द्रागिरिमा  कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी,  नृत्यमा चर्चा कमाएको कार्टुन क्रुज आदिको बेजोड प्रस्तुति रहने छ । शनिबार अपरान्ह १२ बजेबाट शुरु हुने उक्त कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्दैछ ।
 
चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि बिभिन्न निः शुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिएको चन्द्रागिरि हिल्सले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ