सिराहा । स्थानीयवासी हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने अधुरो कमला पुलसम्म जान बनाइएको बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
यहाँ मोटरसाइकल सञ्चालन र सर्वसाधारण आवतजावतका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल गएराति परेको पानीसँगै आएको बाढीले बगाएपछि आवतजावतमा सकस भएको हो । रासस