arrow

प्रतिनिधि सभा

आतंकवाद विरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ - रामहरि खतिवडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
ramhari-parliment-082.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आतंकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताए ।

उनले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गरे । उनले आतंकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ र समर्थन दिनुपर्ने जिकिर गरे ।

उनले भने, “रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आतंकवादका विरुद्ध गरेको युद्ध जस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा हामी छौँ भन्ने लागेको छ । यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु । आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।”

उनले धितोपत्र बोर्डका अध्यक्षका कमिसन काण्डहरू बाहिर आएको भन्दै यो विषयमा सरकारले जानकारी दिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ