नीति तथा कार्यक्रममा नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध लेखेको भए हुन्थ्यो -सांसद ढकाल [भिडियो]
नीति तथा कार्यक्रम विगतको कपी पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
819
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपि पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो भन्दै सरकारको व्यङ्ग्य गरे ।
उनले राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, राष्ट्र बैङ्क कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराइएको भन्दै ती विषयलाई पनि नीति तथा कार्यक्रममा समेट्न सरकारलाई व्यङ्ग्यात्मक शैलीले टिप्पणी गरे ।
उनले भने, “यहाँ गजब हुँदो रहेछ, गर्न नसकिने र नगरेका काम लेख्ने, अनि गरेको काम नलेख्ने पो रहिछ । यहाँ लेख्या भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो । राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेको भए हुन्थ्यो । अझ, राष्ट्र बैङ्क त काँग्रेसको भागमा भन्दै खुल्लमखुल्ला बहस गरिन्छ । धितोपत्रको अध्यक्ष एमालेले लयो रे, त्यो पनि लेखेको भए हुन्थ्यो । दलीय करणलाई निरन्तरता दिइन्छ भनेर लेखेको भए हुन्थ्यो नि त । अझै, दलीय करणलाई भुईँसम्म पुर्याइन्छ भनेर लेखेको भए हुन्थ्यो । सदनको सिर्जनालाई मारिनेछ, आरोप र प्रत्यारोपको बहस गराइनेछ, यतिसम्म कि रक्सी मैले चोरेको होइन भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो । निराश बनाइको छ सदनलाई ।”