arrow

नीति तथा कार्यक्रम

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँ - नारायण खड्का [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
narayan-khadka-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम समग्र रूपमा राम्रो आएको भए पनि मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयगत रूपमा सबै विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भए पनि विकासको लक्ष्य र उद्देश्य पूरा गर्ने गरी कुनै कार्यक्रम नभएको बताए । 

उनले आर्थिक रूपमा देखिएका विविध समस्यालाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम केन्द्रित नभएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बोल्नेमाथि सरकारले प्रतिवाद गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिनु सही नभएको बताए । उनले सडकमा देखिने जनताका असन्तोष र निराशालाई सरकारले लुकाएर नलुक्ने बताए । युवाका असन्तुष्टिलाई बजेटमार्फत सम्बोधन गरेर व्यवस्थालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समग्रमा यसमा २४ सै मन्त्रालयका कुराहरू आएका छन् । मन्त्रालयले दिएका कुराहरू जोड घटाउनको रूपमा राखिएको छ । तर त्यसमा समष्टिगत रूपमा हेरेर सरकारले के हो त अब सरकारको ड्राइभ ? इन्जिन अफ ग्रोथ ? विकासलाई हाँकेर लाने कुन मन्त्रालयले कुन प्रोग्रामले गर्छ भन्ने कुरा कहीँ पनि उल्लेख छैन । महत्त्वाकाङ्क्षी योजना ऊर्जामा पनि छ । कृषिमा पनि कार्यक्रमहरु छन् । तर कुन चाहिँ मन्त्रालय हो जसले यसलाई ड्राइभ गरेर लान्छ र हाम्रा आर्थिक समस्याहरू सामूहिक समस्याहरूलाई समन्वय गरेर अगाडि बढ्छ भन्ने कुरा त्यो फोकस मैले नीति र कार्यक्रममा पाइनँ । अर्को कुरा हामीले केही हेर्नु पर्ने कुराहरू नीति तथा कार्यक्रम बनाउँदा होस् वा बजेट बनाउँदा होस् सरकारले वा हामी गठबन्धनमा रहेका दलहरूले हेर्नुपर्ने कुरा के हो भने पृष्ठ २ र ३ मा मैले पाएँ, अराजक, अवाञ्छित, नकारात्मक टीकाटिप्पणी गर्नेहरूका बारेमा सरकार दृढ उभिन्छ, प्रतिवाद गर्छ भनेर । तर पनि यसले युवाहरूमा सडकमा युवाहरूको धेरै ठुलो निराशा असन्तोष छ त्यसलाई हामीले लुकाएर हामी सरकारमा बसेका पार्टी होस् वा मन्त्रीहरू र प्रधानमन्त्रीले पनि ती कुराहरू नलुकाऊ, लुकाएर लुक्दैन । त्यो निराशा असन्तोषलाई सम्बोधन गर्ने कसरी डेलिभरी बढाउन सकिन्छ कसरी सेवा र वस्तुहरूको प्रदाय बढाएर त्यो सडकमा आएको निराशा र असन्तोषको भीड छ त्यसलाई सम्बोधन गरेर यो हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सङ्गठित र संस्थागत अनि दृढतापूर्वक अगाडि बढाउने भन्ने कुराहरू गर्ने कुराहरू छन् त्यतापट्टि आगामी बजेटले एड्रेस गर्ला भन्ने मलाई लाग्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ