arrow

रौतहटमा अवैध वन पैदावार ओसारपसार गर्ने २६ सवारी नियन्त्रणमा 

logo
प्रिमेश शिवाकोटी,  
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
wood-illegal-rautahat-82-1-.jpg

रौतहट । रौतहटमा वनमा हुने अवैध काममा निगरानी र कारबाही जारी रहेको छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८१–८२ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य वन पैदावार ओसारपसार गर्ने २६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, ती सवारी साधनहरूबाट साल काठसहितको ठूलो परिमाणको वन पैदावार बरामद गरिएको हो ।

साउनदेखि वैशाख मसान्तसम्म नियन्त्रणमा लिइएका सवारीसाधनहरूमा ट्रक, ट्याक्टर, साइकल र मोटरसाइकल रहेका छन् । 

अवैध ओसारपसारमा संलग्न २६ वटा सवारीसाधनबाट जम्मा २५ लाख ९६ हजार ६६५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको कार्यालयको डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहले विवरणसहित जानकारी दिए ।

कतिपय घटनामा दोहोरो सवारी प्रयोग (साइकल स्थान १, २, ३ र ४) र काठ लुकाएर तस्करी गरिएको पाइएको छ । यसबाहेक रौतहटको विभिन्न स्थानमा भएका वन अतिक्रमणमाथि पनि नियन्त्रण गरिएको प्रमुख साहले जानकारी दिए ।

गढीमाई नगरपालिका, फूलबारी, खयरधारी र भुलटार क्षेत्र लगायतका स्थानहरूमा गरी जम्मा १२.७४७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको फेला परेको छ ।

 तीमध्ये कतिपय स्थानमा तारबार हटाइ पुनः वन क्षेत्र कायम गरिएको, कतै वृक्षारोपण गरिएको र केही स्थानमा दोषी उपर मुद्दा दायर गरिएको जनाइएको छ ।

भुलटार क्षेत्रको अतिक्रमण प्रकरणमा ूबीरबहादुर लोजनू माथि वन फाइल तयार पारिएको र कारबाही प्रक्रियामा रहेको उल्लेख गरिएको छ ।

डिभिजन वन कार्यालय रौतहटले वन सम्पदा संरक्षणका लागि निगरानी र अनुगमन कार्य अझ प्रभावकारी बनाइरहेको र दोषी उपर कडा कारबाही गरिने वन कार्यालय प्रमुख साहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ