arrow

दुर्गा प्रसाईं थप चार दिन हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
durga-prasai-arrest-jail.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

सो क्रममा अदालतले राज्य विरुद्धको कसूरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रसाईं आन्दोलन हिंसात्मक बनाउन मद्धत गर्दै भारत भागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ