arrow

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
cit-,malpot-agrement-2082.jpg

काठमाडौँ। नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का-फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ। यसले आवास-सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ