arrow

कोशीको नीति तथा कार्यक्रम बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
Koshi Pradesh.jpg

विराटनगर । कोशी प्रदेशसभाको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामा मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकर गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा ४६ जना सदस्यले भाग लिएका थिए ।

नीति तथा कार्यक्रम पारित गर्न अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्न सरकार प्रतिबद्ध छ भने ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नु प्रदेश सरकारको प्राथमिकता भएको बताउँदै राजस्वको दायरा विस्तार, वित्तीय सुशासन र विकासका लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवं संस्थागत सुधार गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ