arrow

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
fire.jpeg
रत्ननगर । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो  ‘रेडियो नारायणी’ मा आगलागी भएको छ । 
आइतबार राति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । 
 
भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले बताए । 
 
क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत् सर्ट भएको बताइएको छ । 
 
आगलागीपछि रेडियोको प्रसारण रातिदेखि नै बन्द भएको छ । ट्रान्समिटर र ब्याट्रीमा पनि असर गरेको भएमा लाखौंको क्षति हुने देखिएको उनले बताए । 
 
प्रहरीका अनुसार दमकलसमेत पठाइएको भए पनि थप क्षति हुनबाट जोगाउन ग्यासबाट आगो नियन्त्रणमा लिइएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ