वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड, डढेलो नियन्त्रणमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
599
Shares
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यो जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार, वन डढेलोको रोकथाम तथा सचेतनाका लागि समुदायस्तरमा अभियान सञ्चालन गरिनेछ। डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउन सूचना दिने र निभाउन योगदान गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कृत गरिने पनि उनले बताए।