काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यो जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार, साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिनेछ। साइबर सुरक्षा जोखिमको आँकलन गरी त्रैमासिक रूपमा सुरक्षा एड्भाइजरी जारी गरिने पनि उनले बताए।
सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिनेछ भने हुलाक कार्यालयहरूलाई क्रमशः स्मार्ट हुलाकमा विकास गरिने पनि उनले जानकारी दिए।