arrow

काठमाडौँ प्रशासनले थप्यो निषेधाज्ञा, तीन ठाउँ बाहेक चक्रपथ र भित्र विरोध गर्न रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
kathmandu-district-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा थपेको छ । सोमबारदेखि लागू हुने गरी प्रशासनले आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको हो ।

प्रशासनले तीन स्थान बाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा हुने विरोधका कार्यक्रमले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न गरेको, जनगुनासो बढेको तथा सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकाले यस्तो निर्णय लिइएको उल्लेख छ।

जिल्ला सुरक्षा समितिको सिफारिस र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यो आदेश जारी गरिएकोसमेत उल्लेख छ । 

थपिएको आदेशअनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा बाहेक अन्यत्र कतै पनि भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

हाललाई दुई महिनासम्म उक्त गतिविधि गर्न निषेध लगाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ