arrow

सोलारको तारबाट आगलागी हुँदा घर नै स्वाहा

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
fire.jpeg
खोटाङ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब रु सात लाखभन्दा बढीको क्षति भएको छ । 
 
सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद रु १५ हजार, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब रु सात लाखभन्दा बढीको क्षति भएको हो । 
 
घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ । 
 
आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि गुरुङ परिवार बिचल्लीमा परेका छन् । 
 
आगलागीबाट क्षतिको मुचुल्का तयार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । आगलागी पीडित परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ