arrow

स्मार्टफोन ढिला चलेर हैरान हुनुहुन्छ ? यसरी गर्न सकिन्छ समाधान (प्रक्रिया सहित)

हाम्रै सानाे कमजाेरीले हुन्छ समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७३ माघ ४ मंगलबार
phone_smartphone_woman.jpeg
काठमाडौं । अहिलेको दुनियामा स्मार्ट फोन सबैको लागि आवश्यकताको विषय बनिसकेको छ । विश्वका आधा भन्दा बढी मान्छेहरु स्मार्टफोनको प्रयोगकर्ता बनिसकेको अवस्थामा स्मार्ट फोनमा विभिन्न समस्याहरुबाट पनि धेरै पीडित हुने गरेको पाईन्छ ।  अहिले स्मार्ट फोनले मानिसको जनजीवन नै बदलीदिएको छ । जुन काम हामीले सपनामा समेत सोच्न सकेका हुँदैनौं । त्यो आज स्मार्ट फोनको मद्दतले एकैक्षणमा बदल्न सकिन्छ । 
 
के तपाईको स्मार्टफोन बारम्बार ह्याङ हुन्छ ? या त कछुवा भन्दा पनि ढीला चल्छ ? एप खोल्नमा बहुत समय लाग्ने लगायतका समस्याहर तपाईँमा रहेको छ ? यदी छ भने अब कुनै चिन्ता नलिनुहोला यसको समाधानको विषय पनि समस्यासँगै आईसकेको छ । कुनै समय स्मार्टफोनहरु यस्तो ढीला चलिरहेको हुन्छ कि तपाईँलाई एउटा गेम खेल्न पनि सोच्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । यस्तो अवस्था हुनसक्छ कि तपाईँको स्मार्टफोनले भित्रभित्रै कुनै काम गरिरहेको होला जुन तपाईँलाई पत्तो नहुन सक्छ । 
 
जस्तो कि कुनै समय वाइफाइ वा ब्लूटुथ खुल्ला छाड्दा पनि स्मार्टफोन अलिक ढिला हुनसक्छ । किन भने ती एप्लिकेसनको प्रयोगको लागि पनि स्मार्टफोन व्यस्त हुनसक्छ । त्यसैले सामान्यतया काम नभएको बेला यस्ता एप्लिकेसनहरु बन्द राख्दा नै ठीक हुन्छ । 
 
एउटा कुरा बढी ध्यान दिनूहोस् मोबाईलमा पूरा टावर नआएसम्मको लागि तपाईँ डाटा अन नगर्नुहोस् । किनभने नेटवर्क कम हुँदा स्मार्टफोनको प्रोसेसरको काम ज्यादा हुन्छ । उसका साथसाथै सबै एप्सहरु एकै पटक नखोल्नु होस् । यस्तो गर्न सक्नु भयो भने तपाईँले आफ्नो स्मार्ट फोनमा देखिएका समस्या धेरैहदसम्म समाधान हुनेछ । यकका अलावा पनि तल उल्लेखित केही समाधानका उपायहरु तल उल्लेख गरिएको छ ।
 
लेटेस्ट सफ्टवेयर डाउनलोड गर्नुहोस् 
आफ्नो स्मार्ट फोन सुस्त गतिमा चल्ने गरेको छ भने तपाईको मोबाइलको डिभाईसमा पुराना भर्सनहरु चलिरहेको हुनसक्छ । त्यसैले कुनेपनि एप्लिकेसनको नयाँ भसैन आउने वित्तिकै त्यो अपडेट गरिहाल्नूस् । कुनैपनि मोबाइल कम्पनीले आफ्नो मोबाइल फोनमा नयाँ एप्लिकेसनलाई सहजै स्वीकार गर्ने गर्दछन् । 
 
यसका लागि कुनै सेटमा आफैं नयाँ नोटिफिकेसन आउने गरेको छ । तर कुनै सेटमा त्यस्तो नोटिफिकेसन नआएको खण्डमा पनि आफैंले यस बारेमा चासो दिनुपर्छ । कतिपय अवस्थामा यसरी नयाँ भर्सन राखेको खण्डमा पनि स्मार्टफोन ज्यादा तेजसँग चल्न सक्छ । अपडेट कसरी पत्ता लगाउने जान्नको लागि स्मार्ट फोनको सेटिङमा गएर एबाउट फोनमा जानुहोस् । त्यहाँबाट सफ्टवेयर अपडेट अप्सनमा जानूहोस् । यसको पहिले तपाईँ आफू इन्टरनेटको पहुँच कस्तो ठाउँमा छु भन्ने विषयमा भने जानकारी लिनुहोस् । त्यहीबाट जानकारी लिएर इन्सटल गर्नूहोस् ।
 
लाइभ वालपेपर इन्सटल नगर्नुहोस् 
लाईभ वालपेपरले तपाईँको वालपेपर र स्क्रिन त राम्रो देखिएला । तर, यसले मोबाईललाई भने नकारात्मक असर पुर्याईरहको हुन्छ । यसले प्रोसेसरलाई पनि बढी खर्चिलो बनाईदिने भएकोले मोबाईल स्लो हुने गरेको छ । त्यसैले मोबाईल स्लो भयो भने भएकोलाईभ वालपेपर पनि तपाईँले बन्द गर्नु आवश्यक रहेको छ । 
 
एनिमेसन सेटिङ बदल्नुहोस् 
एनिमेसन सेटिङ बदलेर पनि तपाईँ आफ्नो मोबाईलको स्पीड बढाउन सक्नुहुनेछ । एसको लागि तपाईँले आफ्नो स्मार्टफोनमा डेभलपर अप्सन चलाउनुहोस् । यसको लागि तपाईले सेटिङमा गएर एबाउट फोनमा जानूहोस् । 
 
त्यसपछि सफ्टवेयर इन्फरमोसनमा जानूहोस् । त्यहाँ गएर विल्ड नम्बरलाई केहीबेर थिच्नुहोस् । यसपछि तपाईको आफ्नो स्मार्टफोनमा डवलपर अप्सन देख्न सुरु हुनेछ । त्यसपछि स्मार्टफोनको सेटिङमा सबैभन्दा तल दोहोरो अप्सन देखिन्छ । अथवा एनिमेसन सेटिङ खोज्नुहोस् । यहाँ देखिएका सबै कुरा अफ गर्नुहोस् । यस पछि आफ्नो मोबाइलको पफमेन्स राम्रो हुने छ । 
 
यसका अलावा पनि मोबाईल स्लो भयो भने गर्नुपर्ने कामहरु तल बुँदागत रुपमा उल्लेख गरिएको छ ।  
१ धेरै पुराना एप्सहरु अनस्टल गर्नुहोस् । 
२. एप क्याच हटाउनुहोस् । 
३. रिस्टोर फ्याक्ट्री रिसेट गर्नुहोस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ