arrow

समितिमा नागरिकता विधेयक

नागरिकता विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ - सभापति खतिवडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
ramesh-lekhak-22.jpg

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ लाई छिटोभन्दा छिटो सदनबाट पारित गराउने गरी अघि बढिरहेको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। बैठकमा विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल भएको थियो। सभापति खतिवडाका अनुसार, सबै सदस्यहरूको चाहना यो विधेयकलाई छिटो सदनमा लैजानुपर्ने रहेको छ।

सभापति खतिवडाले भने, "हामी सबैको चाहना छिटो होस् भन्ने हो। यो अति आवश्यक र महत्त्वपूर्ण कानुन हो। यसलाई छिटोभन्दा छिटो सकेर सदनमा पठाउने गरी नै छलफल प्रारम्भ गरेका छौँ। यसमा सबै माननीयज्यूहरू सकारात्मक हुनुहुन्छ।"

उनले ब्रिटिश आर्मीमा काम गर्ने र गैरआवासीय नेपाली (एनआरएनए) को नागरिकतासम्बन्धी विषयमा पनि सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ