arrow

बागमती तर्न डुङ्गा, पुल बनाउने ठेकेदार बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
bagmati-sarlahi-boat.jpg

सर्लाही । हुलाकी राजमार्गअन्तर्गत रौतहटको राजदेवी नगरपालिका– ५, स्थित बागमती खोला तर्न स्थानीय किसान र यात्रीहरूले डुङ्गाको सहारा लिँदै आएका छन् । 

ठेक्का लागेको वर्षौंसम्म पनि खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ किसान र यात्रुले पीडा भोग्दै आएका छन् । 

दुई पाङ्ग्रे सवारीले प्रतिगोटा सय रुपैयाँ र प्रतिव्यक्ति ४० रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै स्थानीय किसानले वार्षिक आपसी समझदारीमा बाली ‘अन्न’ दिएर डुङ्गामा वारपार गर्ने गर्दछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ