arrow

बयानमा आधारित नभइ विज्ञानमा आधारित अनुसन्धान आवश्यक - गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
lekhak-31.jpg

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभई विज्ञानमा आधारित अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन्।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढङ्गले गर्नुपर्नेमा जोड दिएका थिए। मुद्दामा पनि नयाँनयाँ चुनौतीहरू देखिइरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो। अहिले विज्ञताको क्षेत्र पनि बढ्दै र फरक हुँदै गएको बताउँदै नयाँ चुनौतीहरू समाधान गर्नेगरी अनुसन्धान अघि बढाउन जरुरी रहेको उनले स्पष्ट पारेका थिए। पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको पनि उनले बताए।

गृहमन्त्री लेखकले भने, "अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ। नयाँ नयाँ चुनौतीहरू आइरहेका छन्। नयाँ चुनौती फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन। अब बयानमा आधारित अनुसन्धानभन्दा विज्ञानमा आधारित अनुसन्धान अघि बढाउनुपर्छ। विज्ञानमा आधारित अनुसन्धान त गर्ने, तर त्यसको पनि प्रयोग र उपयोग सही ढङ्गले गर्नुपर्छ। त्यसमा पनि जुन जोखिम छ, अवसर त त्यो हो विज्ञानका माध्यमबाट अनुसन्धान गर्ने। तर त्यत्तिकै जोखिम पनि छ। अहिले मुद्दा पनि नयाँ नयाँ चुनौतीहरू देखिरहेका छन्, नयाँ तरिकाले अपराध भइरहेका छन्। हामीले आफूलाई त्योअनुसार तयार गर्न जरुरी छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ