काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा अवरोध कायमै राखेका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा र राप्रपाका सांसदहरूले अवरोध कायम गरेका हुन्। सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए।
भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन्। आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्नका लागि समय दिएका छन्।