arrow

बजेटमाथिको छलफल

सांसद ज्वालाको आरोप - बजेटमा मन्त्रीहरूको 'एकलौटी कब्जा'

दलाल र बिचौलियाको हालीमुहाली, योजना आयोगको निर्देशनको उल्लङ्घन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
prakash-juwala-03-02.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्। उनले बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको समेत बताए।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले मन्त्री र नेताका बुवाआमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गरे। दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका बेला सरकारले त्यसमा ध्यान नदिएको उनको आरोप छ।

सांसद ज्वालाले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गरे।

उनले भने, "यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ। मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ। जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन्।"

सांसद ज्वालाले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको आरोप लगाए। उनले थपे, "कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन्। केन्द्रमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ