arrow

गुल्मीको कालीगण्डकी करिडोर सडक अझै अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
coridor.jpg

गुल्मी। पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन। गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाका अनुसार, सडक सञ्चालन गर्न सोमबार रातिसम्म पहल गरिए पनि निरन्तर पहिरो खसिरहेका कारण समस्या भएको छ। सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाएको प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन्।

सडक अवरुद्ध भएपछि सवारीसाधनलाई पर्वत हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। लामो समयसम्म सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट पर्वत, बागलुङ र पोखरासम्म आवतजावत गर्ने यात्रुहरू थप समस्यामा परेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ