arrow

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
Gulmi-hamrakura.jpg.jpeg

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरूमा ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्। यो जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले दिएका हुन्।

बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गएराति नै उनीहरूलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखिएका थिए। बिरामी भएका तीनै जनालाई गएराति नै उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो।

घटनाको जानकारी पाउनासाथ गएराति नै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई तत्कालै अस्पताल पठाएको थियो। प्रहरीका अनुसार, बिरामीहरूको अवस्था खतरामुक्त रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ