arrow

संसदमा गालीगलौज बन्द नभए प्रतिवादमा उत्रिने कांग्रेसको चेतावनी [भिडियो]

संसदमा गालीगलौजको परम्परा बढेकोमा कांग्रेस प्रमुख सचेतक घिमिरेको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
shayam-.jpg

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको कारबाही सुरु हुनेबित्तिकै गालीगलौज गर्ने परम्पराको विकास भएकोमा आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो प्रवृत्तिले संसदको मर्यादा गम्भीर रूपमा खल्बलिएको भन्दै तत्काल सुधारको आवश्यकता औँल्याए।

सांसद घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूलाई लक्षित गर्दै केही सांसदहरूले 'चोर', 'फटाहा' र 'मानव बेचुवा' जस्ता अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको उल्लेख गरे। उनले यस्तो कार्यले संसदीय मर्यादा कायम रहन नसक्ने बताए।

"अहिले संसदमा नियमित रुपमा संसदको कारबाही सुरु भएपछि उठ्ने र दैनिक गालीगलौज गर्ने प्रक्रिया संसदभित्र आरम्भ भएको छ। यहाँ चोर भन्ने, फटाहा भन्ने र मानव बेचुवा भन्ने जुन प्रक्रिया आरम्भ भएको छ, यसलाई अन्त्य गर्नैपर्छ," घिमिरेले भने, "यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन।"

उनले भिजिट भिसा प्रकरणका बारेमा संसद र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र समिति समेत गठन भइसकेको उल्लेख गरे। घिमिरेले अब पनि संसद सुरु हुनेबित्तिकै गालीगलौज गर्ने प्रवृत्तिको अन्त्य नभए आफूहरू प्रतिवादमा उत्रिने चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ