arrow

सर्लाही कांग्रेस: विरेन्द्र सिंहले लगाए अमरेश र अन्तर्घातीमाथि गम्भीर आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
birendra-singh-NC-madhes.jpg

सर्लाही । नेपाली कांग्रेसको सर्लाहीमा आन्तरिक खिचलो बढ्दै गएको छ । जसले गर्दा नेताहरुले खुलेआम आरोप प्रत्यारोप गर्न थालेका छन् । सो क्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवम् मधेसका पूर्व स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले सर्लाही कांग्रेसभित्रको आन्तरिक विवादलाई लिएर एक गम्भीर भनाइ सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद अमरेशकुमार सिंह र कांग्रेसका केही अन्तर्घाती नेताहरूमाथि भ्रष्टाचार, अराजकता र पार्टीलाई कमजोर पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

उनका अनुसार, अमरेशले आफ्नो विगतका भ्रष्टाचार, उदण्डता र तथ्यहीन कार्यहरू लुकाउन गैरजिम्मेवार, तथ्यहीन र भ्रामक अभिव्यक्ति दिँदै आएका छन् । अमरेशको निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नम्बर ४ मा जनविश्वास गुमेको, राजनीतिक अस्तित्व सङ्कटमा परेको र जनाधार समाप्त हुँदै गएको अवस्थामा उनी कांग्रेसलाई बदनाम र कमजोर पार्न विभिन्न कपोलकल्पित र झु६ा आरोपहरू लगाउँदै शीर्ष नेताहरूप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको विरेन्द्र सिंहको आरोप छ ।

उनले अमरेशसँग अप्राकृतिक साँठगाँठ गरेका सर्लाही जिल्लाकै केही कांग्रेसका अन्तर्घाती नेताहरूमाथि पनि निशाना साँधेका छन् । यी अन्तर्घातीहरूले गत निर्वाचनमा वडादेखि संघीय सांसदसम्मका पार्टीका आधिकारिक उम्मेदवारहरूलाई पराजित गराउन कुनै कसर नछाडेको र जिल्ला अनुशासन समितिबाट निलम्बितसमेत भइसकेको विरेन्द्र सिंहले उल्लेख गरेका छन् ।

सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहमाथि लगाइएका झूठा, कपोलकल्पित र भ्रामक आरोपहरूको पनि विरेन्द्र सिंहले निन्दा गरेका छन्। उनका अनुसार, सर्लाही कांग्रेसले जिल्लाका २० पालिकामध्ये १२ वटामा प्रमुख जिताएको, जिल्ला समन्वय समितिको प्रमुख जितेको र ४ मध्ये ३ वटा प्रदेश सभा सदस्य जिताएर जिल्लामै सबैभन्दा मजबुत र आकर्षक केन्द्र बनाएको छ ।

यस्तो लेखेका छन् सिंहले सामाजिक सञ्जालमा (भाषाासमेत सम्पादन नगरी)

विगत केहि दिन देखी आफुले गरेको भ्रष्टाचार ,उतश्रृखल, अराजक, तथ्यहिन,चरित्रहीन, कालाकर्तुतहरू ढाकछोप गर्न गैरजिम्मेवार, अराजक, तथ्यहिन र भ्रामक अभिव्यक्ति दिदै आएका माननीय अमरेश सिंहले आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं.४ मा आफ्नो जनविश्वास गुमेको, राजनीतिक अस्तित्व सङ्कटमा परेको र जनाधार समाप्त हुदै गएको र नेपाली काँग्रेस प्रति जनविश्वास र आकर्षण बढेको र दिन दिनै विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर संग आतिएर नेपाली काँग्रेसलाई बदनाम र कमजोर गर्न विभिन्न कपोलकल्पित, झुठ्ठा, तथ्यहिन र भ्रामक अभिव्यक्तिहरू दिदै सिङ्गो नेपाली काँग्रेस र शिर्षनेताहरू प्रति अराजक र अक्रामक रूपमा प्रस्तुत हुने र विभिन्न जालझेल र षडयन्त्र गर्ने कार्य गरिरहेको बेला उनी संगै अप्राकृतिक साँठगाँठ गरेको सर्लाही जिल्ला कै केही नेपाली काँग्रेसका अन्तर्घातीहरु जो गत निर्वाचनमा वडा देखी संघीय सांसदका पार्टीका अधिकारिक उम्मेदवारहरूलाई पराजित गराउन कुनै कसर बाँकी नराखी आफ्नो मत समेत रूख छापमा नदिएका दोहरो चरित्र भएका र निर्वाचन कै समयमा अन्तर्घात गरेका कारण जिल्ला अनुशासन समितिले निलम्बन गरेका अन्तर्घातीहरुले सर्लाही जिल्लाको २० पालिका मध्ये १२ वटा पालिकामा नेपाली काँग्रेसको पालिका प्रमुखहरू निर्वाचित गराई जिल्ला समन्वय समितिको प्रमुख र ४ वटा प्रदेश सभा सदस्य पदमा पार्टीको उम्मेदवार भएका मध्ये ३ वटा प्रदेश सभा सदस्य निर्वाचित गराई नेपाली काँग्रेसलाई सर्लाही जिल्ला मै सबै भन्दा मजबुत र आकर्षणका केन्द्र वनाउन सफल नेपाली काँग्रेसका जिल्ला नेतृत्व प्रति झुठ्ठा, कपोलकल्पित, भ्रामक र तथ्यहिन आरोपहरू लगाउदै जिल्ला मभापति सुरेन्द्र प्रसाद सिंहको वारेमा अनावश्यक, भ्रामक, झुठ्ठा र तथ्यहिन प्रयासहरू गर्दै सभापति ज्यु माथी राजनीतिक पूर्वाग्रहको
अधारमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको वारेमा दिग्भ्रमीत हुने खालको समाचार सम्प्रेषण गराई सर्लाही काँग्रेसलाई कमजोर वनाउने खेल भहरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्य  गर्ने, गराउने र उक्साउने व्यक्तिहरूले आफुले गरेको भ्रष्टाचार नैतिक र अनुशासनहिन कार्यहरूको आत्मसमीक्षा गरेर अरूलाई बदनाम गराउने र  चरित्रहत्या गर्ने कार्य तत्काल बन्द गर्न सचेत गराउन चाहन्छु।साथै पार्टी भित्र बसेर अरूको उक्साहटमा नेपाली काँग्रेस पार्टी र शिर्ष 
नेताहरूलाई अनावश्यक बदनाम गर्ने, पार्टीलाई कमजोर वनाउने,गैर राजनीतिक अभिव्यक्ति दिदै हिड्नेहरूलाई आफ्नो दोहरो चरित्र र आचरण सुधार गरेर बस्न समेत सचेत गराउन चाहन्छु।
   जय नेपाल।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ