arrow

कांग्रेस केन्द्रीय समिति बैठक चलिरहँदा न्याय माग्दै महिला स‌ंघका नेतृहरु निरन्तर विरोधमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
mahila-sangh-82-3-18y.jpg

काठमाडौँ । नेपाली कांग्रेसको पार्टी मुख्यालय बीपीनगर सानेपामा सोमबारदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा मुख्यालय बाहिर भगिनी संस्था नेपाल महिला संघको आन्दोलन जारी रहेको छ । 

गत असार १६ गते सोमबारदेखि अध्यक्षको मनोमानी रोकी कार्बाही गर्न माग गर्दै असन्तुष्ट पक्षले विरोध गर्दै आइरहेको छ । यसअघि जिल्लाका सभापतिहरुलाई बिना कारण बर्खास्त गरिएको तथा एकलौटी ढङ्गले क्रियाशील सदस्यता वितरण एवं नवीकरण गरिएको लगायतका विषयलाई असहमति जनाउँदै  २० केन्द्रीय सदस्यहरुले राजीनामा दिएका थिए । 

उनीहरुले पटक पटक यस विषयमा पार्टी नेतृत्वदेखि पदाधिकारीसम्मलाई जानकारी गराए पनि वास्ता गरिएन । 

पार्टीको संस्थापन पक्षले नेतृत्वलाई विधि र विधान मिचेर छुट दिएको आरोप छ । जसका कारण समयमै महाधिवेशन नगरेर पनि उनीहरु पदमा आसीन हुन पाएका छन् । 

त्यसको विरोध भइरहेको छ । तर अझै पनि तदर्थवादमा उनीहरु केही समय लम्ब्याउन खोजिरहेको देखिन्छ । 

यसैकी विरोधमा महिला संघका गगन शेखर पक्षधर महिला संघका नेतृहरु पार्टी कार्यालय अगाडि बसेर धर्ना जुलुस गरेर प्रदर्शन गरिरहेका छन् । सोमबारदेखि दैनिक उनीहरुले कालोपट्टी बाँधेर विरोध गरिरहेका हुन् । 

उनीहरुले महिला संघ केन्द्रीय अध्यक्षले संगठनलाई विधिवत् ढंगले अगाडि नबढाएको, एकलौटी रुपले कब्जा गर्न खोजेको, अर्को पक्षलाई बेवास्ता गरेको र सो कार्यको पटक पटक नेतृत्वलाई जानकारी गराउँदा पनि नेतृत्वको ध्यानाकर्षण नभएपछि बाध्य भएर केन्द्रीय कार्यालय अगाडि विरोधको कार्यक्रम गर्नु परेको उनीहरुले बताएका छन् । 

यो विरोधको श्रृंखला बिहीबार पनि जारी रहने नेतृ रंजिता गिरीले जानकारी दिइन् । उनले आफूहरुलाई पार्टीले न्याय दिन्छ भन्नेमा आशावादी रहेको उनले बताइन् । 

यसैबीच पार्टीको केन्द्रीय समिति बैठकमासमेत नेपाल महिला संघका पूर्व नेतृहरुले वर्तमान नेपाल महिला संघ सभापतिको भूमिका चित्त नबुझेको र उनीसँग स्पष्टीकरण लिनु पर्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ