arrow

नेपालमा ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
chandra-shakal-spain.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माण भइसकेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

बुधबार म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ढकालले स्पेनका व्यवसायीहरूलाई पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानीका लागि आग्रह गरे। कार्यक्रममा स्पेन वाणिज्य तथा उद्योग महासङ्घका सदस्य, व्यापारिक समुदायका अगुवा, नेपाली समुदायका प्रतिनिधि र कूटनीतिक व्यक्तित्वहरूको उपस्थिति थियो।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगमा लगानी गरेमा सहजै प्रतिफल पाउन सकिने बताए। उनले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लिएर भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरूप्रति धेरैको आकर्षण रहेको वास्तविकता औँल्याए। गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके विश्वका धेरै मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ