arrow

किन ल्याइयो सडक मार्गबाट हेलिकप्टर ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
mountain-heli

काठमाडौँ । माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाका हुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रबन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो । 

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ ।

   महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए । “फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो”, उनले भने । नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन् ।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउँदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए । 

कम्पनीले यसअघि एउटा हेलिकप्टर भारतको कोलकाता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर ल्याइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ