कांग्रेस केन्द्रीय समिति बैठकमा १०४ जनाले बोले, शनिबार छुट्टी, आइतबार पुनः बस्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
3.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक गत असार १६ गते सोमबारदेखि जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगरमा बैठक बसिरहेको हो ।
बैठकमा विभिन्न १३ एजेन्डामा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । बैठकमा १०४ जनाले आफ्नो धारणा राखिसकेका छन् । सो क्रममा आपसमा हिलो छ्याप्ने र आफ्ना गल्तीलाई पार्टीको गल्तीका रुपमा व्यवस्थापन गर्नसमेत खोजेको पाइएको छ ।
कतिपय सांसदले आफ्ना गल्ती लुकाउन आरोप प्रत्यारोपमा उत्रने काम गरेका छन् भने अधिकांश सांसदहरुले अहिलेको परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका साथै पार्टीको १५ औँ महाधिवेशनका बारेमा चासो राखेका छन् ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक शनिबार भने नबस्ने भएको छ । पार्टीले शनिबार छुट्टी दिएको छ । अब आइतबार असार २२ गते बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बैठक बस्नेछ ।
शुक्रबार केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल (आचार्य), शान्ति परियार विक, डा जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु—तेजुलाल चौधरी (युवा तथा खेलकुद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) गरी ३३ जनाले आ–आफ्नो धारणा राखेका थिए ।