आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस: स्वतन्त्रता र न्यायका लागि प्रेरणा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
603
Shares
काठमाडौँ। आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस हो। स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले पुर्याएको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो।
अश्वेत नेता मन्डेलाले मानवताको सेवामा आफ्नो जीवन समर्पित गरे। उनले द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता, र बालबालिकासहित अन्य कमजोर समूहहरूको अधिकारको रक्षाका लागि जीवनभर सङ्घर्ष गरे।
यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, सङ्घर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएको बताएका छन्।
महासचिव गुटरेसले विश्व समुदायलाई नेता मन्डेलाको स्वतन्त्रता, न्याय र समानताप्रतिको प्रतिबद्धताबाट प्रेरित भएर काम गर्न आह्वान गरेका छन्।